अनलाईन न्युजपाटी,बाजुरा,समाचारदादाता,फागुन ११ गते।
बाजुरामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। जिल्लाको त्रिबेणी नगरपालिका वडा नम्बर ३ का २४ वर्षिय लोकेन्द्र साउँदको करेन्ट लागेर मृत्यु भएको वडा अध्यक्ष मिनबहादुर भण्डारीले बताए।शनिबार दिउसो साउँदलाई मालागडा विद्युत पावर हाउसमा करेन्ट लागेको स्थानीय लोचन विष्टले बताए। उनलाई उपचारका लागि अछामको बयलपाटा अस्पताल लगिएको थियो। अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको वडा अध्यक्ष भण्डारीले अनलाईन न्युजपाटीलाई जानकारी दिए।