ओभरलोड सामान बोकेर नेपाल प्रवेश गरेका ५० भन्दाबढी भारतीय ट्रक ट्राफिक प्रहरीको नियन्त्रणमा

अनलाईन न्युजपाटी,हेटौंडा,समाचारदाता,फाल्गुन १३ गते।

भैरहवास्थित सुगौली नाकाबाट ओभरलोड सामान बोकेर नेपाल प्रवेश गरेका करिव ५० भन्दा बढी मालबाहक भारतीय ट्रकलाई ट्राफिक प्रहरी कार्यालय मकवानपुरले नियन्त्रणमा लिएको छ । नेपाल प्रवेश गर्ने नाकाबाट १५ किलोमिटर वर सम्म मात्र यस्ता गाडीलाई संचालन गर्न दिने र भन्सारले नापतौल गरेपछिमात्र प्रवेश गर्न मिल्ने भएपनि करिव ३०० किलोमिटर वर हेटौंडा आएपछि मात्र त्यस्ता गाडी कारवाहीको दायरामा आएका छन्। यसले भन्सार कार्यालय र ठाउँ ठाउँका ट्राफिक प्रहरीले घुस लिएर छोडेको प्रष्ट हुन्छ। उता भारतीय गाडीका चालकले समेत भन्सार तिरेपछि पनि ३ ठाउँमा आफुले ५-५ सय दिएको बताउछन्। हरेक दिन सैयौंको संख्यामा भारतीय मालबाहक गाडी ओभरलोड सामान बोकेर नेपाल भित्रिन्छन् तर नेपालमा रहेका विभिन्न चेकपोष्ट र भन्सार कार्यालयको लापरवाहीका कारण क्षमता भन्दा बढी सामान लोडगरेर निर्वाद चल्ने गर्छन् जसका कारण सडक त बिग्रिन्छ नै दुर्घटनाको जोखिम पनि निकै उच्च हुनेगर्छ। । २५ टन क्षमता भएको ट्रकले ३३ देखि ३६ टन सम्म सामान बोकेर ल्याएको छ । नेपाल सरकार भौतिक पूर्वाधार मन्त्रालय यातायात व्यवस्था बिभाग मालबाहक सवारीको भारवहन नियमन सम्बन्धि निर्देशिका २०७४ अनुसार बढी भारवहन गर्ने सवारीलाई जरिवानातिराई क्षमता भन्दा बढी भएका सामान झारी भार मिलान गरि पठाउनुपर्ने व्यवस्था छ, तर भैरहवा भन्सारबाट छिरेका भारतीय ट्रकलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देही, भैरहवाले १ हजार जरिवाना तिराएर छोडेको देखिएको छ । ठाउँ-ठाउँमा रहेको ट्राफिक प्रहरी कार्यालय, सवारी नापतौल (धर्मकाँटा)हरुले चालकसंगको मिले मतोमा घुस रकम लिदै त्यस्ता सवारीलाई छोडिदिने गरेको देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *