१९ तोला सुनसहित दुई जना सिरहाबाट पक्राउ

अनलाईन न्युजपाटी,सिरहा,समाचारदादाता,फागुन १३ गते।

सिरहामा १५ लाखभन्दा बढीको अवैध सुनसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिरहाको लहान नगरपालिका-१९ छर्रापट्टी बस्ने २४ वर्षीय मोहम्मद मोतिउल रहमान र सोही ठाउँका २१ वर्षीय मोहम्मद मुर्तुजा छन् ।मंगलबार विहान ८ बजे सिरहाको लहान नगरपालिका-१९ छर्रापट्टी स्थित गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय लहान सिरहाबाट खटेको सादा पोसाकको प्रहरी गस्ती टोलीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायव उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।डिएसपी घिमिरेका अनुसार को.३८प. २६३२ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा उनीहरुको साथबाट सुनको ४ वटा चेप्टो टुक्रा गोलो बनाई लुकाईछिपाई राखेको सुन २३३ ग्राम अन्दाजी रु.१५ लाख ५८ हजार ७९ रुपैयाँ बराबरको सुन र मोटरसाइकल सहित पक्राउ गरेको छ ।पक्राउ परेका दुबैलाई इलाका प्रहरी कार्यालय लहानमा ल्याई जिल्ला भन्सार कार्यालय ठाडी सिरहामा बुझाईएको डिएसपी घिमिरेले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *