अनलाईन न्युजपाटी,जनकपुरधाम ,समाचारदाता,फाल्गुन १४ गते।
जनकपुरधाममा आयोजित खाद्य मेलाको समापन कार्यक्रम समारोहमा बोल्दै मुख्यमन्त्री लालबाबु राउतले गरिब तथा विपन्न किसानलाई लक्षित गरेर कृषिजन्य उत्पादन गर्न अनुदान दिने योजना ल्याउन लागेको बताए। यो योजना अन्तर्गत प्रदेश सरकारले किसानको बैंक खातामा सिधा रकम जम्मा गर्ने तयारी थालेको हो।
बेटी पढाऊ, बेटी बचाऊ अभियान अन्तरगत विमित छोरीको खातामा रकम जम्मा गरिरहेको जस्तै किसानको खातामा पनि सिधा रकम पठाइदिने योजना रहेको सुनाए। उनले किसानको खातामा सिधा अनुदान रकम पठाइदिने विशेष कार्यक्रमको चाँडै घोषणा गर्ने पनि बताएका छन्। राउतले भने, ५ कट्ठामा खेती गर्ने किसान होस् वा १०/१५ कट्ठामा खेती गर्ने सबै किसानको खातामा सिधा रकम पठाउँछौं।’ किसानले बैंक मार्फत रकम पाउँदा कमिशनको खेल अन्त्य हुने उनको भनाइ छ।
प्रदेश न २ को आठ जिल्लाका आठ स्थानीय तहबाट किसानलाई अनुदान दिने कार्यक्रमको सुरुवात गर्ने संकेत गरे पनि एकैपटक सबै स्थानीय तहमा कार्यक्रम शुभारम्भ गर्न समस्या पर्न सक्ने भन्दै ८ स्थानीय तहबाट सुरुवात गरिने बताए। दलाल र माफियाको हातमा रकम नगई अब प्रदेश सरकारले सिधा किसानको बैंकमा रकम पठाउँछन्। उनले भने संघीय सरकारकै कारण किसानले खेती गर्न छाडेको र उत्पादन पनि घटेको छ। कारण ‘किसानले समयमा न मल पाउँछन् न बिउविजन पाउँछन्,
नेपालमा सबैभन्दा खराब र दयनीय अवस्था किसानको छ । मधेस उर्वर भुमि भए पनि वर्षेनी उत्पादन घट्दै गएको छ। कारण समयमा किसानले मल, विजन नपाउनु र सिंचाईको समेत व्यवस्थापन मिलाउन नसक्नु। मुख्यमन्त्री राउत भने, प्रदेश २ को कृषि उत्पादनले सातवटै प्रदेश पाल्न सक्छ। तर त्यो क्षमता हुँदाहुँदै पनि अहिले प्रदेश २ कै किसान भारत बाट खाद्यान्न आयात गर्नुपर्ने अवस्था आएको छ।