अनलाईन न्युजपाटी,बाजुरा,समाचारदादाता,फागुन १४ गते।
बाजुराको गौमुल गाउँपालिकामा मंगलबार विहान ट्याक्टर दुर्घटना भएको छ। दुर्घटनामा परि चालकसहित ९ जना घाइते भएको ईलाका प्रहरी कार्यालय गौमुलले जनाएको छ। गाउँपालिका– ६ स्थित निलासेनबाट घट्मुनातर्फ आउँदै गरेको सुदुरपश्चिम प्रदेश ०१००२ त ४९९ नम्बरको ट्याक्टर सिमधारा स्थित ग्रामिण कच्ची सडकमा दुर्घटना भएको हो।प्रहरीका अनुसार घाइते हुनेमा गौमुल गाउँपालिका– ६ का २१ वर्षीय ट्याक्टर चालक प्रकाश रोकाया, सोही गाउँपालिका ४ कौणाकोट बस्ने ट्याक्टर साहु ४८ वर्षीय तुला बुढा, सोही वडाकै १८ वर्षीय अनुप रोकाया, १९ वर्षीय भुवन बुढा, १५ वर्षीय स्मृती सार्की, १५ वर्षीय सुर्मा सार्की, १६ वर्षीय सरिता सार्की, १७ वर्षीय सरिता सार्की र सोही गाउँपालिका ५ मानाकोटका २८ वर्षीय दिपक रोकाया रहेका छन्।ट्याक्टर दुर्घटनामा परेका ८ जनाको जिल्ला अस्पताल बाजुरामा उपचार भइरहेको छ भने ट्याक्टर चालक प्रकाश रोकायालाई प्रहरीको नियन्त्रणमा राखिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।