अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदादाता,फागुन १४ गते।
बुढानिलकण्ठबाट सामुहिक बलात्कारगरेको आरोपमा २ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी बृत महाराजगन्जको प्रहरी टोलीले सामुहिक बलात्कार गरेको आरोपमा २ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा झापा जिल्ला गौरीगञ्ज गापा १ स्थायी घर भएका वर्ष ३४ का विशाल सङग्रौला र सोही स्थानको ३५ वर्षीय सुबास सङग्रौला रहेका छन् । महानगरीय प्रहरी बृत महाराजगन्जका प्रमुख डिएसपी उमेश लम्सालका अनुसार उनीहरुले सुनसरी इटहरीकी एक ३४ वर्षीय युवतीलाई जागिरको प्रलोभन देखाई काठमाडौं बोलाएर बुढालिनकण्ठ नगरपालिका–६ गणेश चोकस्थित सुबास सङग्रौलाको घर तथा भक्तपुरको एक रिसोर्टमा लगेर सामुहिक रुपमा बलात्कार गरेका थिए । उनीहरुलाई बुढानिलकण्ठबाट नियन्त्रणमा लिई जबरजस्ती करणी अन्तरगत मुद्दा दर्ता गरि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।