अनलाईन न्युजपाटी,बिरगंज,समाचारदादाता,फागुन १५ गते।
वीरगञ्जस्थित यातयात व्यवस्था कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापामारी गरेको छ । मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाबाट आएको तीन सदस्यीय टोलीले छापामारी गरेको हो ।यातयात व्यवस्था कार्यालय सवारी वीरगञ्जमा अनियमितता भएको उजुरी परेकोले त्यसैको सम्बन्धमा अख्यिारको टोलीले अनुसन्धान गरेको अख्तियारको हेटौंडास्थित कार्यालयले जनाएको छ । के विषयमा अनियमितताको उजुरी परेको भन्नेबारे अख्तियारले खुलाएको छैन ।टोलीले यातायात व्यवस्था कार्यालयका प्रमुख विपिनलाल कर्णसँग सोधपुछ गर्नुको साथै उजुरीसँग सम्बन्धित कागजपत्रको अध्ययन गरेको थियो । अख्तियारले केही कागजपत्र थप अनुसन्धानका लागि लिएर समेत गएको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाका सूचना अधिकारी शिवराज रेग्मीले अनियमितताको उजुरी परेपछि प्रारम्भिक छानवीन गरिएको र केही कागजपत्र अनुसन्धानका लागि ल्याएको जानकारी दिए ।अनुसन्धान प्रक्रिया पूरा भएपछि मात्रै त्यसबारेमा थप जानकारी दिन सकिने उनको भनाइ छ ।