भोजपुर बहुमुखी क्याम्पसका आंशिक शिक्षकहरु द्धारा आन्दोलन जारी, क्याम्पसको पठनपाठन ठप्प

अनलाईन न्युजपाटी,भोजपुर,समाचारदादाता,फागुन २० गते।

भोजपुर बहुमुखी क्याम्पसका आंशिक शिक्षकले करारमा नियुक्त गर्न माग राख्दै आन्दोलन गरेपछि क्याम्पसको पठनपाठन ठप्प भएको छ ।क्याम्पसमा करार दरबन्दी रिक्त हुँदासमेत आंशिक शिक्षकलाई करारमा लैजान बेवास्ता गरेको भन्दै शिक्षकले पठनपाठन ठप्प पारेका हुन् । यही फागुन ११ गते ध्यानाकर्षण पत्र बुझाएको भए पनि १६ गतेदेखि आंशिक शिक्षकले ‘पेन डाउन’ गरेर पठनपाठन ठप्प पारेका हुन् ।शिक्षकको आन्दोलनका कारण शिक्षा लिनबाट वञ्चित भएकाले समस्याको समाधान गरेर नियमित पठनपाठनको वातावरण बनाइ दिन विद्यार्थीले माग गरेका छन् । क्याम्पसका विद्यार्थी प्रताप तामाङले भने, “शिक्षकको आन्दोलनका कारण पठनपाठन ठप्प भएको छ, फागुन ११ गतेदेखि पढाइ भएको छैन, हाम्रो क्याम्पस आउने जाने काम मात्र भइरहेको छ ।”आन्दोलनरत शिक्षकले भने विज्ञप्तिमार्फत आफूहरुलाई करारमा नियुक्त नगरेसम्म आन्दोलन जारी रहने जनाएका छन् । आन्दोलनरत शिक्षकका प्रवक्ता पद्म कार्कीले भने, “हामी अहिले दैनिक ज्यालादारीमा काम गरिरहेका छौँ, क्याम्पसमा करारका पदहरु रिक्त छन् तर पनि हामीलाई करारमा लैजान क्याम्पस प्रशासनले मानिरहेको छैन, यसबाट हाम्रो बौद्धिक शोषण भइरहेको छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *