लागु औषध सहित कैलालीबाट एक जना पक्राउ

अनलाईन न्युजपाटी,धनगढी ,समाचारदाता,फाल्गुन २३ गते।

लागु औषध सहित कैलालीबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्ने सोही ठाउँका बस्ने २६ वर्षका निमेश थापालाई कृषि हाटबजारभित्र लागूऔषधको कारोबार भई रहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले थापालाई पक्राउ गरेको जनाएको छ ।

थापाको साथबाट १ ग्राम १२० मिलिग्राम ब्राउन सुगर बरामद भएको कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए । पक्राउ परेका थापाको थप अनुसन्धान भई रहेको  उनले बताए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *