अनलाईन न्युजपाटी,धरान,समाचारदाता,फाल्गुन २३ गते।
धरानबाट तेह्रथुमको सुदापतर्फ जाँदै गरेको को.१.ख २८२४ नम्बरको बस धनकुटाको साँगुरीगढी गाउँपालिका–६ कार्कीछापमा अनियन्त्रित भई सडक छेउमा पल्टिएको हो । दुर्घटनामा परी २५ जना भन्दा बढी घाईते भएको प्रहरीले जनाएको छ । घाईतेहरुलाई उपचारका लागि धरान स्थित वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाईएको छ । घाईतेलाई उद्धार गरेर अस्पताल पठाउँने क्रम जारी रहेकाले घाईतेको संख्या यकिन हुँन वाँकी रहेको धनकुटाका ट्राफिक प्रहरी प्रमुख सुरेन्द्र खड्काले अनलाईन न्युजपाटीलाई जानकारी दिए। घटनाको थप विवरण आउँन वाँकी छ ।