लमजुङबाट लागू औषधसहित एक युवा पक्राउ

अनलाईन न्युजपाटी,लमजुङ ,समाचारदाता,फाल्गुन २३ गते।

पटक पटकको प्रयास असफल भए पनि यस पटक सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय लमजुङले लागू औषधसहित एक युवालाई पक्राउ गरेको छ । पक्राउ पर्ने युवा बेसीशहर नगरपालिका ८ दनाइफाँट बस्ने १९ वर्षका अनिल थापालाई लागू औषधसहित उनकै घरबाट पक्राउ गरिएको हो । उनको साथबाट नर्फिन २० थान, फेनारगन २१ थान, केरेजक २१ थान र ट्रमा ट्याबलेट ७५ थानसहित पक्राउ गरेको प्रहरी नायव उपरीक्षक गुरुङले बताए । पक्राउ परेका थापालाई जिल्ला अदालतबाट शुक्रबार पहिलो पटक १० दिन म्याद थप गरि अनुसन्धान गरिरहेको डिएसपी गुरुङले बताए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *