अनलाईन न्युजपाटी,लमजुङ ,समाचारदाता,फाल्गुन २३ गते।
पटक पटकको प्रयास असफल भए पनि यस पटक सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय लमजुङले लागू औषधसहित एक युवालाई पक्राउ गरेको छ । पक्राउ पर्ने युवा बेसीशहर नगरपालिका ८ दनाइफाँट बस्ने १९ वर्षका अनिल थापालाई लागू औषधसहित उनकै घरबाट पक्राउ गरिएको हो । उनको साथबाट नर्फिन २० थान, फेनारगन २१ थान, केरेजक २१ थान र ट्रमा ट्याबलेट ७५ थानसहित पक्राउ गरेको प्रहरी नायव उपरीक्षक गुरुङले बताए । पक्राउ परेका थापालाई जिल्ला अदालतबाट शुक्रबार पहिलो पटक १० दिन म्याद थप गरि अनुसन्धान गरिरहेको डिएसपी गुरुङले बताए ।