अनलाईन न्युजपाटी, सिन्धुली,फाल्गुन २४ गते।
विपी राजमार्गअन्तर्गत सिन्धुलीको सुनकोशी गाउँपालिका-५ खहरेखोलामा यात्रुबाहक बस र कार ठोक्किँदा सातजना यात्रु घाइते भएका छन्। सिन्धुलीको खुर्कोटबाट काठमाडौँ आउँदै गरेको बा २० च ३४९८ नम्बरको कार र बा ३ ख ५७०६ नम्बर बस एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।घाइतेहरुलाई स्थानीय बासिन्दाले उद्दार गरेर नजिकैको अस्पताल पुर्याएका छन् । कारमा सवार रहेकाहरुले लामा संस्कृति झल्कने पोशाक लगाएका कारण उनीहरु लामा समुदायका बासिन्दा रहेको अनुमान गरिएको छ ।