फागुन २५ र २६ गते जनकपुरधाममा होली महोत्सव मनाइने, अबीरको सट्टा फुलको माला लगाउने

अनलाईन न्युजपाटी, जनकपुरधाम,फाल्गुन २४ गते।

तिब्रगतिमा विश्व भर फैलिएको कोरोनाको हल्लाकाबीच जनकपुरधाममा प्रत्येक बर्ष मनाइँदै आएको होली महोत्सव यस बर्ष पनि मनाइने भएको छ ।

जनकपुरधाममा होलीको अवसर पारेर मिथिला नाट्यकला परिषद् (मिनापले २०६१ सालदेखि नियमित रुपमा महामूर्ख सम्मेलन गर्दै आएको छ। यो कार्यक्रम यस पटक फागुन २५ र २६ गते आयोजना गर्दैछ। यो होली महोत्सव मनाउँदा उच्च सतर्कता अपनाउँदै सचेतना जगाउने काम समेत गरिने भएको छ, जस्तै अबीर दल्नुको सट्टा यस पटक फुलको माला लगाउने कार्यक्रम रहेको छ।

यस बर्षको होली महोत्सवमा सबै कलाकारले मास्क लगाएर  कार्यक्रममा सहभागिता गर्ने छ भने, कार्यक्रममा सहभागी हुनेलाई पनि मास्क बितरण गरिने छ । मिनापले यस पटक पनि महामूर्खको उपाधि दिन व्यक्तिको खोजी गरिरहेको छ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, राजपा संसदीय दलका नेता एवं प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोन, नेपाली कांग्रेसका उप सभापति बिमलेन्द्र निधीमध्ये एक जनालाई ‘महामूर्ख’ को उपाधि दिइनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *