कपिलवस्तुमा एसीड आक्रमणले एक महिला सख्त घाईते

अनलाईन न्युजपाटी, कपिलवस्तु ,फाल्गुन २५  गते।

कपिलवस्तुको महाराजगंज नगरपालिका १ महाराजगंज चोकमा एसिड प्रहारले १ जना घाईते भएकी छिन । शुक्रवार साझ ८ वजे महाराजगंज नगरपालिका वस्ने करीव ५१ वर्षिय  बेदमती देवी गुप्ता घाईते हुनु भएको  ।
उहाको निधार र शरिरमा एसीड लागेको ई.प्र.का. चन्द्रौटाका प्रहरी निरीक्षक दिपेस खरेलले अनलाईन न्युजपाटीलाई वताउनु भयो । एसीड आक्रमण पछी घाईते गुप्तालाई कपिलवस्तु जिल्ला अस्पतालमा उपचार का लागी पठाइएको थियो । त्यहा उपचार हुन नसके पछी युनिर्भसल मेडिकल कलेज अस्पताल भैरहवामा उपचार  पुराइएको थियो । गुप्ता अहिले सम्म वोल्न सक्ने अवस्थामा नभएको वताईएको छ ।
क्रिकेट व्याडको विषयमा विवाद चल्दै गर्दा छिमेकी हरी नारायण वरईले एसिड प्रहार गरेका हुन । वरईले क्रिकेट व्याड भाचे पछी व्याडको पैसा तिनु पर्ने भन्दै झगडा भएको वेलामा व्याट्रिमा राख्ने तेजाव फालेका थिए । वरईको व्याट्रि मर्मत गर्ने पसल संचालन गर्छन । प्रहरीले वरईको पसल वाट ५ लिटर एसिड समेत वरामद गरेको छ । एसीड प्रहार गर्ने वरई प्रहरी नियन्त्रणमा रहेका छन  । उनलाई ज्यान मार्ने उद्योग अन्र्तगत मुद्धा दर्ता भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *