मिथिला समाज सेवा समितिद्धारा दुई दिने नि:शुल्क भोजन शिविर संचालन

अनलाईन न्युजपाटी, जनकपुरधाम ,फाल्गुन २५  गते।

नेपाल र भारतबाट आउने लाखौ लाख श्रद्धालु भक्तजन तथा साधुसन्तहरु १ सय ३३ किलोमिटर भूमिको पैदलयात्रा तय गरेर १५ दिने मिथिला माध्यमिकी परिक्रमा आईतबार जनकपुर आइपुगेको छ । श्रद्धालु भक्तजन तथा साधुसन्तहरुको सेवामा जनकपुरका युवा तथा संघ संस्थाले सहयोग गर्दै आएको छ ।

त्यसै क्रममा जनकपुरधाम १०  स्थित श्री मिथिला समाज सेवा समिति द्धारा दुई दिने (२५ ,२६ गते ) नि:शुल्क भोजन शिविर संचालन गरेको छ । जहाँ शुद्ध घ्युले बनेको परिकार पुरी, हलुवा र प्याज लह्सुन नमिसाईएको तरकारीको नि:शुल्क वयवस्था गरेको छ । अनलाईन न्युजपाटीसंग कुरा गर्दै श्री मिथिला समाज सेवा समितिका संयोजक सुरेश ठाकुरले भने हामीले पहिले बिबाह पंचमीमा मात्र शिविर संचालन गरेको थिए तर यस बर्ष देखि मिथिला माध्यमिकी परिक्रमा पनि सुरु गरेको छौ, कुरा थप्दै भने हामीले २५००० श्रद्धालु भक्तजन तथा साधुसन्तहरुलाई खाना खुवाउने हाम्रो लक्ष्य छ । बरिषट निर्देशक मोति लाल साह ,संयोजक सुरेश ठाकुर ,उप संयोजक सन्तोष यादव तथा दाता बासुदेब साहको अगुवाईमा यो दुई दिने नि:शुल्क भोजन शिविरको संचालन गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *