अनलाईन न्युजपाटी,कपिलवस्तु,समाचारदादाता,फागुन ३० गते।
कपिलवस्तु जिल्लामा २ लाख घुस सहित एक जना कपिलवस्तु जिल्ला अदालतमा कार्यरत दोभासेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले दुई लाख रुपैयाँ रंगेहात घुससहित पक्राउ गरेको छ ।सेवाग्राहीका ठगी मुद्दाको सहजीकरण गरिदिन का लागि घुस लिदै गरेको अवस्थामा अदालतका दोभासे विश्वनाथ चौधरी लाई नगद सहित पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयका प्रवक्ता सुरेश भुषालले बताए ।कपिलबस्तु नगरपालिका वडा १ गौढीचौकमा रहेको महामाया अफसेट प्रेसबाट विश्वनाथ चौधरीलाई नियन्त्रणमा लिएको छ ।