अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदादाता,फागुन ३० गते।
जनकपुरधाम उपमहानगरपालिका वडा नं. ६ पेठिया बजार नजिकै रहेको पोखरीमा युवति मृत अवस्था तैरिरहेको देखिएपछि खैलाबैला मच्चिएको हो । शव अहिले पनि पानीमै रहेको छ । स्थानीयवासीहरुले मर्निग वाकमा निस्कदा खेरी युवतिको लास देखेपछि तत्कालै प्रहरीलाई खवर गरेको थियो । प्रत्यदर्शी र स्थानीयका अनुसार ती युवति कपडा पसल सँचालन गर्दै आएकी थिएन् ।जनकपुरको पेठिया बजार नजिकै रहेको पोखरीको पश्चिमी डिलमा पानी भित्रै उनको लास देखिएको छ । युवति अन्दाजी वर्ष २५ की रोशनी खातुन रहेको स्थानीयवासीहरुले अनलाईन न्युजपाटीलाई जनाएका छन् ।