अनलाईन न्युजपाटी,धनगढी,समाचारदादाता,फागुन ३० गते।
कैलाली जिल्लाको धनगढीमा युवाहरूका वीच झडप भएको छ । झडपमा एकजना घाइते भएका छन् ।बिहीबार साँझ धनगढीको रातोपुलस्थित निर्माण व्यवसायी संघको गेट नजिकै चार जना युवावीच झडप भएको प्रहरीले जनाएको छ । झडपमा धनगढी उपमहानगरपालिकाको वडा नम्बर ३ बस्ने २३ वर्षीय अंकित चन्द घाइते भएका छन् ।जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले पुरानो विवादका कारण चारजना युवाहरूका वीच झडप भएको जानकारी दिए ।घाइते चन्दको नाकमा चोट लागेको छ । उनको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ ।झडपमा संलग्न धनगढी उपमहानगरपालिका वडा नम्बर ३ कै २८ वर्षीय मिलन खत्री, २३ वर्षीय केशव खत्री र २१ वर्षीय प्रयास शाहीलाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए ।केशव खत्रीले बिना कारण आफूमाथि कुटपिट गरी धनजनमा समेत क्षति पुगाएको भन्दै घाइते अंकित चन्दविरुद्ध कारवाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा ठाडो निवेदन दर्ता गराएका थिए ।प्रहरीले चन्दको खोजी गरिरहेका बेला दुई पक्षवीच झडप भएको थियो ।