अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदादाता,चैत २ गते।
जनकपुरमा अज्ञात समूहले मोटरसाईकलमा आगजनी गरिएको छ ।दुई मोटरसाईकलमा चिरफार गरेको हो । जनकपुरधाम उपमहानगरपालिका वडा नं. ७ स्थित कुम्हार कुटि नजिक उक्त समुहले एक मोटरसाईकलमा आगजनी गरेको हो ।राती १ बजे मोटरसाईकलमा आगजनी गरेर उक्त समूह भागेका थिए । तत्कालै आगो नियन्त्रणमा लिएपनि मोटरसाईकल क्षति पुगेको छ । घर अगाडी रोकिएको मोटरसाईकलमा क्षति पुर्याएको मोटरसाईकलधनी पप्पु साहले बताए । प्रदेश ०२–०२–००१ प ५२४२ नम्बरको एफजेड मोडेलको मोटरसाईकलमा आगजनी गरिएको छ । घटना सम्बन्धमा प्रहरीलाई जानकारी गराएको छ ।