काठमाडौंमा मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्री गम्भीर घाइते

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदादाता,चैत ४ गते।

जडिबुटीमा मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्री गम्भीर घाइते भएका छन् ।घाइते हुनेमा खोटाङ घर भइ ललितपुरको ईमाडोल बस्ने ५१ वर्षीय हेम बहादुर राई छन् । राईको वीर अस्पतालमा उपचार भइरहेको छ ।सोमबार राति करिब पौने ९ बजे नम्बर नखुलेको मोटरसाइकलले राईलाई जडिबुटी चोकमा ठक्कर दिएको थियो ।राईलाई ठक्कर दिएर मोटरसाइकल सहित चालक फरार भएको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *