वीरगञ्जबाट चार लाख ४४ हजार अवैध रकमसहित भारतीय नागरिक पक्राउ

अनलाईन न्युजपाटी,बिरगंज,समाचारदादाता,चैत ७ गते।

वीरगञ्जबाट चार लाख ४४ हजार अवैध रकमसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार मोतिहारी जिल्ला रक्सौल-१४ बस्ने २४ वर्षीय बब्लु राज रहेका छन् ।अवैध हुण्डी कारोबार गरी राखेको छ भन्ने सूचनाको आधारमा गएको प्रहरी टोलीले बिहीबार साँझ ५ बजेतिर उनलाई पक्राउ गरेको हो । बिआर०५यु ३९७८ नम्बरको मोटरसाइकलमा आउँदै गरेका उनलाई प्रहरीले वीरगञ्ज महानगरपालिका-१० घडिअर्वाबाट नियन्त्रणमा लिएको थियो ।उनको साथबाट श्रोत नखुलेको अवैध रकम ४ लाख ४४ हजार ८३५ रुपैयाँ बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता वीरेन्द्र शाहीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *