धनगढीमा लागु औषध सहित दुई जना पक्राउ

अनलाईन न्युजपाटी,धनगढी,समाचारदादाता,चैत ७ गते।

धनगढीमा लागु औषध सहित दुई जना पक्राउ परेका छन्। धनगढी उप–महानगरपालिकाको वडा नम्बर ९ वस्ने अन्दाजी २२ वर्षीय सागर चौधरी र २० वर्षीय रमेश बिकलाई पक्राउ गरिएको हो।उनीहरुलाई उप–महानगरपालिकाको वडा नम्बर १ बाट ८ सय ३० मिलिग्राम लागु औषध  खैरो हेरोईन सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्ष कुमार बस्नेतले बताए।उनका अनुसार लागु औषध खैरो हेरोईन सहित उनीहरु सवार मोटरसाईकल समेत नियन्त्रणमा लिईएको छ। कैलाली जिल्ला अदालतबाट ५ दिन म्यादथप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *