कोरोना भाइरससम्बन्धी अफवाह फैलाउने एक युवक पक्राउ

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदादाता,चैत ९ गते।

कोरोना भाइरससम्बन्धी अफवाह फैलाउने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।कोरोना भाइरससम्बन्धी अडियो बनाउने भक्तपुर सिपाडोल बस्ने २० वर्षीय विवेक थापा मगरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।रामेछाप घर भई उनी भक्तपुरको सिपाडोल बस्दै आएका थिए।नर्भिक अस्पतालमा ९ जनामध्ये ६ जनामा कोरोना भाइरसबाट संक्रमित फेला परेको भन्दै उनले अडिओ बनाएका थिए।उक्त अडियो म्यासेन्जरमा भाइरल भएपछि प्रहरीको साइबर ब्युरो अनुसन्धानमा जुटेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *