काभ्रेमा आज विहान मिनिट्रकले मोटरसाईकललाई ठक्कर दिंदा बाबुछोराको मृत्यु , श्रीमती घाईते

अनलाईन न्युजपाटी,काभ्रे,समाचारदादाता,चैत ९ गते।

काभ्रे जिल्लाको बनेपा नगरपालिका–१३ स्थित भैंसेपाटीमा आज विहान मिनिट्रकले मोटरसाईकललाई ठक्कर दिंदा बाबुछोराको मृत्यु भएको छ भने श्रीमती घाईते भएकी छन् । इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी निरिक्षक योगेन्द्र तिमल्सिनाका अनुसार बनेपाबाट साँगातर्फ जाँदै गरेको मिनिट्रकले काठमाडौंबाट बनेपातर्फ आउँदै गरेको मोटरसाईकललाई ठक्कर दिंदा बाबुछोराको मृत्यु भएको हो । तिमल्सिनाका अनुसार बा ५ ख २३९० नम्बरको मिनि ट्रकले बा ५७ प ७२८ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा उदयपुर जिल्ला रौतमाई गाउँपालिका–४ का ३५ बर्षीय मिनबहादुर श्रेष्ठ र उनका ५ बर्षीय छोरा सुविन श्रेष्ठको मृत्यु भएको छ । घटनामा परि गम्भीर घाईते भएका बाबुछोरालाई उपचारको लागि बनेपा स्थित शीर मेमोरियल अस्पतालमा लगिएको थियो ।  दुवैजनालाई चिकित्सकले मृत्यु घोषणा गरेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *