नेपालमा चौथो व्यक्ति कोरोनाभाइरस सङ्क्रमित भएको प्रमाणित

अनलाईन न्युजपाटी काठमाडौँ ,समाचारदाता ,चैत्र १४ गते।

नेपालमा चौथो व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण पाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पुष्टि गरेका छन्। काठमाण्डूको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा ती व्यक्तिमा सङ्क्रमण भएको पाइएको देवकोटाले बताए। उपत्यकाबाहिर देखिएको सङ्क्रमणको यो पहिलो घटना हो। बिरामीको अवस्था सामान्य छ। धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा अहिले उहाँको उपचार भइरहेको छ।” देवकोटाका अनुसार सङ्क्रमित व्यक्ति चैत ११ गते अस्पताल भर्ना भएका थिए। सङ्क्रमित व्यक्ति कुन विमानमार्फत् नेपाल फर्केका थिए भन्नेबारे सोधखोज भइरहेको छ। योसँगै गत एक हप्तामै तीनजना नेपालीमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ। दुई दिनअघि नेपालका तेस्रो व्यक्ति सङ्क्रमित भएको पुष्टि भएको थियो। धादिङका ती व्यक्ति कतारबाट फर्केका थिए।त्यसअघि फ्रान्सबाट फर्केकी १९ वर्षीया विद्यार्थीमा कोरोनाभाइरस सङ्क्रमण भएको अधिकारीहरूले पुष्टि गरेका थिए। दोस्रो र तेस्रो सङ्क्रमित नेपालीसँगै विमानमा आएका मानिसहरूलाई सम्पर्कमा आइदिन सरकारले सार्वजनिक अपील गरिसकेको छ। कोरोनाभाइरस सङ्क्रमित भएका पहिलो नेपाली चीनको वुहान शहरबाट फर्केका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *