लकडाउन अवधिभर प्रदेश नम्बर २ सरकारले गरिब तथा मजदुरलाई खाना खुवाउने

अनलाईन न्युजपाटी जनकपुरधाम,समाचारदादाता, चैत १६ गते।

प्रदेश नम्बर २ सरकारले लकडाउन अवधिभर प्रदेशका गरिब तथा दैनिक ज्यालादारीमा काम गर्ने मजदुरलाई खानाको व्यवस्था गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषदको बैठकले लकडाउनका कारण समस्यामा परेका गरिब मजदुरको जीवन रक्षाको लागि खानाको व्यवस्था गर्ने निर्णय गरिएको छ । यसको व्यवस्थापन स्थानीय तहसँग समन्वय गरेर तत्कालको लागि प्रदेशको महानगरलाई २५ लाख, उपमहानगरलाई २०  लाख तथा हरेक नगरपालिकालाई १५ लाख र गाँउपालिकालाई १० लाखको दरले रकम पठाउने सरकारले निर्णय गरेको छ। साथै सोही बरावरको रकम स्थानीय तहलाई समेत राख्न आग्रह गरेको छ । 

यसका लागि प्रत्येक स्थानीय तहमा स्थानीय तहका जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि, स्थानीय समाजसेवी संस्था सम्मलित सर्वपक्षीय समिति गठन गरेर काम गर्नेगरी कार्यविधि बनाइएको छ । यसअघि सरकारले कोरोना रोकथामका लागि हालसम्म गरेको प्रयास र अगामी दिनमा लिइने नीतिबारे जानकारी गराउन सर्वदलीय बैठक समेत बोलाएको थियो। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *