थप ८ दिन लकडाउन गर्ने सरकारको निर्णय

अनलाईन न्युजपाटी,काठमाडौं,समाचारदादाता,चैत १६ गते।

कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले थप ७ दिन लकडाउन बढाउन सरकारलाई सिफारिस गरेको छ । आइतबार बसेको समितिको बैठकले थप ७ दिनसम्म लकडाउन बढाउनुपर्ने निष्कर्ष निकाल्दै सरकारलाई सिफारिस गरेको हो ।आइतबार नै बस्‍ने मन्त्रिपरिषद् बैठकले उक्त सिफारिसलाई अनुमोदन गर्नेछ। यस्तै बैठकले विपन्नहरुलाई निःशुल्क राहत वितरण बारे पनि गर्न सरकारालई सिफारिस गरेको छ।यसअघि सरकारले चैत ११ गते मंगलबार बिहान ६ बजेदेखि चैत १८ गते बिहान ६ बजेसम्मका लागि मुलुकभरका अत्यावश्यक बाहेकका सबै सेवा र सम्पूर्ण आवतजावत बन्द गर्ने निर्णय गरेको थियो। सरकारले यो सिफारिस अनुमोदन गरेसँगै चैत २५ गतेसम्मका लागि मुलुक लकडाउन हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *