अनलाईन न्युजपाटी जनकपुरधाम,समाचारदाता, चैत १६ गते।
विशवब्यापी महामारी रुपमा फैलिरहेएको नोबेल कोरोना भाईरस (Covid 19 )को प्रभावले पुरा विश्व नै त्रासको सामना गर्नु परेको बेलामा नेपाल सरकारले निर्णयलाई मध्य नजर गरि छठ पुजा व्रत गर्ने छठ ब्रतालुहरुलाई घरमा बसेर सुरक्षित रुपले छठ पुजा गर्न श्री गंगा सागर छठ पुजा समितिले आग्रह गरेको छ। जनताको सुरक्षित राख्न सरकारलाई सहयोग गर्न हामी सबैले एकजुट भई सरकारको लकडाउनको समर्थन गरि आफ्नै घर भित्र बस्नु आग्रह गर्नु भएको हो । आज श्री गंगा सागर छठ पुजा समितिद्धारा जारी गरिएको प्रेश बिज्ञप्तिमा छठ ब्रतालु साथै भक्तजनमा परेको असुबिधमा श्री गंगा सागर छठ पुजा समितिद्धारा क्षमा माँगेको छ ।