केन्द्रीय उपमहासचिव पुरुषोत्तम दुबैले लकडाउनको बेला घरमे बसेर छठ पुजा गर्ने आग्रह

अनलाईन न्युजपाटी वीरगंज समाचारदाता १३ चैत्र गते।

कृष्णा यादब,

नेपाल ज्योतिष परीषदले आज प्रेस बिज्ञप्ती जारी गरि विशवब्यापी महामारी रुपमा फैलिरहेएको नोबेल कोरोना भाईरस (Covid 19 )को प्रभाव ले पुरा विश्व नै त्रासको सामना गर्नु परेको बेलामा नेपाल सरकारले निर्याणलाई मध्य नजर गरि छठ पुजा व्रत गर्ने छठबर्तिनहरु लाई घरमा बसेर सुरक्षित रुपले छठ पुजा गर्ने उपाध्यक्ष दुबैले आग्रह गर्नुभएको हो।

नेपाल ज्योतिष संघका केन्द्रीय  उपाध्यक्ष दुबैलौ हामी ताला बंदी (लकडाउन) मा छौ। नेपाल सरकारको मन्त्री परिषदले लकडाउन गरेको  निर्णय सराहनीय रहेको  छ । जनताको  सुरक्षित राख्न सरकारलाई सहयोग गर्न हामी सबैले एकजुट भई सरकारको  लकडाउन को समर्थन गरि आफ्नै घर भित्र बस्नु आग्रह गर्नु भएको हो । वर्तमान स्तिथि ज्योतिषी कारण ले पनि मीन राशिको सुर्य २०७७ बैशाख १ गते मेष राशिमा सूर्यको प्रवेश भएपछि कोरोना को बिशेष प्रभाव समाप्त हुने योग छ किनभने यो अदृश्य वायरस को कारक ग्रहहरु शनि आफ्नो स्वराशि मकर मा, राहु आद्रा नक्षत्रमा र केतु को विषमयोग ले अचानक आएको वायरस प्रभाव एक हप्ता पछि न्यून हुँदै जाने र यो अदृश्य वायरस २०७७ वैसाख १ गते देखी कुनै न कुनै उपचार पद्वति वा औषधिको अविष्कार हुनेसक्ने सम्भवना छ ।

यसै विचमा अहिले चैत्र नवरात्रि चलिरहेको बेला मठ मन्दिर मा न गएर आफ्नै घर मा यथा उपयोग्य रूप ले श्रद्धा पुर्वक माँ भगवती संग कामना गरौ । तराईको महाप्रसिद्ध चैती महान  छठपूजा यही चैत्र १५ गते शनिवार नहाखाएके,१६ गते आइतबार रसीवाव रोटी र १७ गते सोमवार सझीया घाट छठगर्ने छठबर्तिन लकडाउनलाई पालना गरि घरमा बसेर छठ पुजा गरि छठी माता संग नोबेल कोरोना भाईरस भगाउनेको लागि छठमईया संग प्रार्थना गनुपर्ने बताए।

कसरी पुजा गर्ने समान पनि बजारमा पाउने स्तिथि छैन र छठ घाट मा गई भीड़भाड़ गरेर व्रत गर्ने स्तिथि छैन कसरी गर्ने सम्बन्धमा हामी के भन्न चाहन्छौ की जसरी नवरात्रि गरी राख्नु भएको छ त्यसरी नै घर भित्र छठपूजा गरे ठीक हुन्छ । विश्वनै आपातकालमा छ पहिला त जीवन बचाउनु तसर्थ जे घर मा जे सामग्री उपलब्ध हुन्छ वा हुँदैन त्यही श्रद्धा सुमन अनुसारले छठमाताको पुजा गरे देश र विश्वको कल्याण हुन्छ बताउनु भयो। ईश्वरलाई समानको आवश्यक छैन वहांहरु अन्तर्यामी हो सबै बुझनु हुन्छ त्यसैले छठको दिन उपवास मात्र गरी घर भित्र नै यो बर्ष सूर्य को दुध वा जलले अर्घ्य दिए मात्र पुग्छ । जरूरी त छैन तैपनी यदि कसैले कुनै पण्डितजीलाई घरमा बोलाउनु हुन्छ भने १ मीटर को दुरी मा बसी सेनटाइज़र प्रयोग गरी संकल्प गरी छठ पुजा गरे नै वेश हुन्छ । यसरी गरेर विश्व को कल्याण हुन्छ भने अझ देवी देवताहरु प्रसन्न भई हामीलाई आशिर्वाद प्रदान गर्नु हुन्छ । तसर्थ हाम्रो यहाँहरु संग दुवै हाथ जोडेर निवेदन छ की कुनै पनि कारण ले भीड़भाड़ न गरी दिनु होला आग्रह  नेपाल ज्योतिषका केन्द्रीय उपमहासचिव  पंडीत पुरुषोत्तम दुबैले बताउनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Shared
Shared