अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदादाता,चैत १३ गते।
अब सिलिण्डर आधा मात्र भरेको ग्यास पाइने भएको छ । नेपाल आयल निगमले सिलिन्डर आधा मात्र भनेर बजारमा पठाउन ग्यास उद्योगहरुलाई निर्देशन दिएको हो ।हाल एक सिलिन्डरमा १४.२ केजी ग्यास हुन्छ । तर अब सिलिन्डरमा ७.१ केजी मात्रै ग्यास हुनेछ । निगमका एक अधिकारीकाअनुसार मागअनुसार ग्यास पुर्याउन नसकिने अवस्था आएपछि आधा सिलिण्डर ग्यास बेच्ने निर्णय भएको हो । आयल निगमले बुधबार राति नै सिलिन्डरमा आधा परिमाण मात्रै ग्यास भर्न निर्देशन दिएको एलपी ग्यास उद्योग संघका पूर्वअध्यक्ष शिव घिमिरेले पुष्टि गरे ।२०७२मा भारतले लगाएको अघोषित नाकाकन्दीमा पनि आधा मात्रै सिलिन्डर भरेर वितरण गरिएको थियो ।