अनलाईन न्युजपाटी जनकपुरधाममा समाचारदादाता, चैत १३ गते।
नेपाल सरकारद्वारा जारी गरिएको लक डाउनको समयमा जनकपुरमा कालोबजारी गरेको आरोपमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । बजार अनुगमनको क्रममा विभिन्न चोकमा संचालनमा रहेका पसलहरुमा छापा मार्दा उपभोक्तालाई बढी मूल्यमा आलु र प्याबेचेको पाइएपछि ३ जना व्यापारी पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनकपुरधाम वडा नम्बर ४ वस्ने प्रदिप अग्रवाल, जनकपुरधाम वडा नम्बर ४ बस्ने अंकित साह र जनकपुरधाम वडा नम्बर ४ वस्ने बिकाश कुमार साह रहेका छन् । बजार अनुगमनको क्रममा विभिन्न चोकमा संचालनमा रहेका पसलहरुमा छापा मार्दा उपभोक्तालाई बढी मूल्यमा आलु र प्याज बेचेको पाइएपछि उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । कोरोना संक्रमण रोक्न नेपाल सरकारले जारी गरेको लकडाउनको मौकाछोपी बजारमा उपभोग्य सामग्रीको अभाव सृजना गरि कालोबजारी भइरहेको छ ।