कपिलवस्तु जिल्लामै सबैभन्दा ठूलो ५० बेड सहितको क्वारेन्टाइन

अनलाईन न्युजपाटी,कृष्णनगर कपिलवस्तु समाचारदादाता, चैत १३  गते।

जिल्लाका १० स्थानीय तह मध्ये भारतीय सिमावर्ती कृष्णनगर नगरपालिकाले सबैभन्दा ठूलो क्वारेनटाइन बनाएको छ । बजार क्षेत्र भित्र रहेको महेन्द्र माविमा ५० बेडको क्वारेन्टाइन निर्माण गरिएको हो ।सिमा नाकाको नजिक रहेकाले कृष्णनगर अतिसंवेदनशिल अवस्थामा छ । सोही अनुसार विद्यालयलाई क्वारेनटाइन बनाउँदा आवश्यक परे अन्य कोठा थप्ने तयारी भैरहेको नगर प्रमुख रजत प्रताप शाहले बताउनुभयो ।

नगरपालिकाले बनाएको क्वारेनटाइनमा मंगलबार नै २७ जनालाई क्वारेनटाइनमा राखिएको छ । केन्द्र सरकारले भारतीय सिमामा अलपत्र परेकालाई अन्तिम पटकका लागि नेपाल भित्त्रन दिइसंगै यी अपलत्र २७ नागरिकलाई क्वारेनटाइनमा राखिएको हो ।कृष्णनगर नगरपालिकाले हालसम्म कृष्णनगर, झिंगहा, भिल्मि, बहादुरगंज लगायतका स्थानमा कोरोना चेकजाँचका लागि कुल सात वटा इन्फ्रारेड थर्मामिटरको व्यवस्था गरिसकेको नगर प्रमुख शाहले जानकारी दिनुभयो ।

साथै नगरपालिकाको प्रत्येक वडामा ४/४ बेडको क्वारेनटाइन बनाउने तयारी गरेको उहाँले बताउनुभयो । नगरबासीलाई भीडभाडमा जम्मा नहुन र सरकारले गरेका हरेक निर्णयलाई अक्षरक्ष कार्यान्वयन गराउन उहाले आम नगरबासीलाई आग्रह गर्नुभएको छ ।यता महेन्द्र माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शैलेष प्रताप शाहले सिमावर्ती कृष्णनगरमा क्वारेनटाइन बनाउँने स्थान नहुँदा विद्यालयको भवन प्रयोग गरिएको बताउनुभयो । कोरोना भाइरसको शंका लागे यही क्वारेनटाइनमा राखिने उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Shared
Shared