प्रहरीको दादागिरी न्युज २४ का पत्रकार जाकिर हुसैनलाई गरे कुटपिट

अनलाईन न्युजपाटी, चैत १३ गते

कृष्ण यादव,वीरगन्ज समाचारदाता

बिश्वब्यापी रुपले फैलिरहेको नोबेल कोरोना भाईरस को कारणले सरकारले एक सप्ताहको लागि लकडाउन गरेको समाचार समप्रेशणको लागि गएको पत्रकारलाई प्रहरीले गरे दुर्ववहार । वीरगंज महानगरपालिका पुर्णरुपले बन्द भएको बेला रिपोर्टिङको लागि गएको न्युज २४ मा क्यामरा र्पसन जाकिर हुसैनलाई प्रहरीले निर्घात रुपले गुण्डागर्दी शैलीमा पत्रकारलाई नियन्त्रणमा लिई निर्घात कुटपिट गर्दै दुरव्यबहार गरेको छ । न्युज २४ मा कार्यरत रहेको पत्रकार जाकिर हुसैनलाई बिरगंज रानीघाटमा कुटपिट र दुरव्यबहार गरि पक्राउ समेत गरेका थिए । कोरोना भाइरस (कोभिड १९) को कसंक्रमणलाई नियन्त्रण गर्न सरकारले लागु गरेको लकडाउनको बारे रिर्पोटिङ गर्न साँझ गएका न्युज २४ का पत्रकार हुसैन रानीघाट पुग्दा उनी माथि प्रहरीले आक्रमण गरेका थिए । यदपी पत्रकार महासंघका जिल्ला अध्यक्ष श्याम बन्जारा लगायत अगुवा पत्रकारहरु वडा प्रहरी कार्यालय श्रीपुरमा पुगेपछि प्रहरीले विना सर्त हुसैनलाई तीनघण्टाको नियन्त्रण पछि छाडेको हो । दिनभरी लकडाउनले गर्दा रानीघाट लगायतको एरिया सुनसान बनेको थियो । साँझ भएपछि अतिआवश्यक खाद्यान्न वस्तु किनमेल गर्न स्थानिय घर घरबाट निस्केर रानीघाट चोकमा पुगेका थिए । चोकमा भिडभाड भयो भन्दै स्थानिय प्रहरी चौकीका प्रहरीले सम्झाउनु को साटो अन्धाधुन लाठीचार्ज गर्न थाले । रिर्पोटिङ गर्न पुगेका हुसैनलाई पनि प्रहरी चौकीका प्रहरीहरु लक्षित गरी अन्धाधुन लठी प्रहार गरेका थिए । आफू पत्रकार भएको परिचय पत्र देखाउँदा समेत केहि सुनवाई नगरी उल्टै कुटपिट गरी दुब्यवहार गर्दै पक्राउ गरेको पिडित पत्रकार हुसैनले गुनासो गरे । उनले भने, ‘प्रहरीलाई म पत्रकार हो ।र उनीले आफ्नो आईडी कार्ड देखाएपनि प्रहरीलाई नकुटन आग्रह गर्दा पनि तीन चार जनाको समूहमा रहेका उनीहरु लछारपछार गर्दै जबरजस्ती प्रहरीको गाडीमा हालेर वडा प्रहरी कार्यालय श्रीपुरमा लगेका थिए ।’ तर कार्यालयका प्रहरी निरिक्षक दिपक साहले घटनामा संलग्न प्रहरीलाई कारवाही गर्ने वाचा गर्दै विना सर्त हुसैनलाई छाडेका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Shared
Shared