कोरोना संक्रमित जहाजबाट बाँके आएका दुईजना क्वारेन्टाइन

अनलाईन न्युजपाटी, बाँके समाचारदादाता,चैत १२ गते।

फ्रान्स जहाजबाट आएका बाँकेका तीन र बर्दियाका एकजनाको पहिचान भएको छ । तीमध्ये दुईजनालाई नेपालगन्जको महेन्द्र वहुमुखि क्याम्पसमा राखिएको छ । एकजना भने भारत गएकाले सम्पर्क हुन सकेको छैन् । उक्त उडानबाट आएका चार जना मध्ये बाँके जानकी गाउँपालिकास्थित साईगाउँ, बैजनाथ गाउँपालिका बनकटुवा, पिप्रहवा र बर्दियाका भएको बताइएको छ।  सिमावर्ती क्षेत्र पिप्रहवाका एक जना भने आफन्त कहाँ भारत गएकाले उनलाई फेला पार्न नसकिएको प्रहरीले जनाएको छ । चैत ४ गते फ्रान्सबाट कतार हुँदै आएको जहाजमा रहेकी १९ बर्षीया किशोरीमा कोरोना संक्रमण देखिएपछि त्यो जहाजमा सवार सवैको खोजी थालिएको थियो । त्यसक्रममा बाँकेका चारजना रहेको भन्दै बाँके प्रहरीमा पत्र आएपछि विहानैदेखि खोजतलास सुरु गरिएको थियो । केन्द्रबाट आएको नागरिकता नम्वर भिडाउदा जिल्ला प्रशासन कार्यालय, बाँकेमा फेला नपरेपछि एकजना बर्दियाको हुन सक्ने आकलनमा खोजी सुरु गरिएको थियो । बाँकेका दुई जनालाई ल्याएर क्वारेन्टाइन बनाइएको महेन्द्र बहुमुखि क्याम्पसमा राखिएको बाँकेका एसपी वीरबहादुर ओलीले बताउनुभयो । प्रहरीले बर्दियाका एक जनालाई पनि क्वारेन्टाइनमा राख्ने योजना बनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Shared
Shared