लकडाउन अवधिभरीका लागि इन्टरनेट र डाटा प्याकको शुल्कमा २५ प्रतिशत छुट

अनलाईन न्युजपाटी,काठमाडौं,समाचारदाता,चैत १७  गते।

सरकारले लकडाउन अवधिभरीका लागि इन्टरनेट र डाटा प्याकको शुल्कमा २५ प्रतिशत छुट दिने निर्णय गरेको छ। सरकारले एक सय ५० युनिटसम्म विद्युत प्रयोग गर्ने ग्राहकलाई दुई महिना (फागुन र चैत) को विद्युत महसुलमा २५ प्रतिशत छुट दिने, खाद्य संस्थानले बेच्ने दाल चामललगायतका खाद्य वस्तुमा १० प्रतिशत छुट दिने निर्णय गरेको छ। सरकारको राहत र सहुलियत मजदुरदेखि वृद्धवृद्धासम्म र इमेल इन्टरनेटदेखि बिजुलीसम्मको  छ। सँगै सरकारले निजी विद्यालयलाई चैत महिनाको शुल्क र सहरी क्षेत्रका घरबेटीलाई असंगठित श्रमिकले भुक्तान गर्नुपर्ने एक महिनाको भाडा मिनाहा गर्न भनेको छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *