अनलाईन न्युजपाटी,बिराटनगर,समाचारदाता,चैत २१ गते।
मोरङमा लकडाउन उल्लंघन गर्ने प्रहरीले एक हजार २४७ सवारी साधन र ६ जनालाई नियन्त्रणमा लिएको छ ।लकडाउन उल्लंघन गरेकोले ६ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ । यस्तै, लकडाउनको समयमा चलाइएका ७६३ मोटरसाइकल, ५२ स्कुटर, २३ वटा कार र भ्यान, १४ वटा ट्याक्टर, २५ वटा ट्रक, ३३० वटा साइकल र ४० वटा ट्याम्पोलाइ नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।