कपिलवस्तुमा आगलागी ३९ घरगोठ जलेर नष्ट

अनलाईन न्युजपाटी कपिलवस्तु ,समाचारदाता, चैत्र २२गते।

प्रिन्स मिश्रा, कोरोनाको महामारीले विश्व आक्रान्त भएको बेला कपिलवस्तुको विजयनगरमा भिषण आगलागी हुँदा ४० घरगोठ जलेर नष्ट भएको छ । गाउँपालिकाको वडा नं. १ गुगौलीमा शुक्रवार करिब अपरह्न ४ बजेतिर आगलागी भएको हो । स्थानीय काशीराम यादवको घरबाट आगो लागेको प्रहरीले जनाएको छ ।

आगलागीबाट खाद्यान्न, लत्ताकपडा, भाँडाकुडा, र नगद गरी एक करोड भन्दा बढीको क्षति भएको प्रहरीले अनुमान गरेको छ । मानवीय तथा चौपाया क्षति नभएको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरिक्षक मधु नेपालले जानकारी दिनु भएको छ ।

अग्नि पीडितहरुको राहतको लागी विजयनगर गाउँपालिकाले ब्यवस्थापन गरीरहेको गाउँपालिका अध्यक्ष गोपाल थापाले जानकारी दिनुभयो । अध्यक्ष थापाले तत्काल राहत स्वरुप खाना ,कपडा व्यावस्थापन गरि घरपनि बनाइने बताउनुभयो । कृष्णनगर नगरपालिकाको दमकल बिग्रेकोले तौलिहवाको दमकल आउन ढिलाइ गरेको थियो । पुरैगाउँ खरानी भएपछि मात्र तौलिहवाको दमकल गुगौली पुगेको थियो । तौलिहवा र गुगौलिको दुरि करिब ५० किलोमिटर रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *