मुक्तिनाथ विकास बैंकद्धारा जनकपुरधाममा राहत वितरण

अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,चैत २२.

विश्वव्यापी महामारी कोरोनाभाइरसको गम्भीरतालाई मनन गर्दै यसको रोकथाम, नियन्त्रण फैलिन नदिन नेपाल सरकारद्धारा गरिएको लकडाउनका कारण प्रभावित बनेकाहरुलाई आज जनकपुरधाममा राहत वितरण गरियो। लकडाउनले सबैभन्दा बढी प्रभावित बनेका विपन्न तथा दैनिक ज्यालामा काम गर्नेहरु मारमा परेका छन्।

लकडाउनबाट मारमा परेका विपन्न तथा दैनिक ज्यालादारीमा काम गर्नेहरुलाई मुक्तिनाथ विकास बैंक जनकपुरधाम शाखाका कर्मचारीहरुले सामाजिक दूरी कायम गरेर राहत वितरण गरेका छन् । १ सय ५० जना विपन्नहरुलाई राहत वितरण गरिएको मुक्तिनाथ विकास बैंकका क्षेत्रिय प्रबन्धक प्रभाष झाले जानकारी दिएका छन् । जनकपुरधाम स्थित उद्योग वाणिज्य संघमा ती १ सय ५० विपन्नहरुलाई दाल, चामल, आलु, प्याज,तेल, सोयाबीन, साबुन लगायतका राहत सामग्री वितरण गरिएको हो । राहत वितरण स्थलमा जनकपुरधाम उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष शिव शंकर साह(हिरा) वर्तमान अध्यक्ष ललित साह, वरिष्ठ उपाध्यक्ष जितेन्द्र प्रसाद साह, उपाध्यक्ष सुरेन्द्र कुमार भण्डारी लगायतका उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *