जनताको शान्ति सुरक्षा पहिलो प्राथमिकता: पर्साकी प्रहरी प्रमुख उपरीक्षक गंगा पन्तको अनुभव

अनलाईन न्युजपाटी,वीरगंज,समाचारदाता,चैत २४

कृष्णा यादब,विश्वब्यापीरोग फैलिरहेको महामारी नोबेल कोरोना भाइरसको मध्य नजर गरि मन्त्री परिषदको बैठकलागु गरेको लकडाउनलाई सफल बनाउनको लागि  प्रहरीका पर्साकी प्रमुख प्रहरी उपरीक्षक गंगा पन्त दिन रात खटी  पर्सा जिल्लाको गाऊ गाऊमा पुगेर आफै  जनचेतना  गराउदै  हिडेकि छिन् ।सुरुका दिनमा नागरिकले लकडाउनलाई नबुझे पछि पर्सा प्रहरीका चौकी-चौकीलाई निर्देशन गरि पुर्णरुपले गाउँ गाउँ को रहेको विभिन्न नाकामा भारतबाट नेपाल आउने र नेपाल बाट भारत आउने जाउने पुर्ण रुपले थप्प गरेकि छिन् ।

अरु निषेधआज्ञा, कफ्र्युमा सुरक्षा निकायले बल प्रयोग गरेर कार्यन्वयन गर्नु पथ्र्यो। तर यो आफैं अनुशासनमा बस्नु पर्ने अवस्था हो। जसका कारण सुरक्षा निकायले अलि बढी कसरत गर्नु पर्‍यो। मुख्य नाका भएकोले अन्तभन्दा अलिबढी खुला छोड्नुपर्‍यो। धेरै गाडी भित्रिने र बाहिरिने हुन्छन्। जसलाई आम मानिसले सामान्य भएको हो कि भने जसरी बुझ्छन्। मास्क, स्यानिटाइजर बनाउने उद्योग सञ्चालन गर्नु पर्ने, खाद्य, तरकारी पसलहरु पनि खुल्ला रहेपनि  त्यसता उधोग र खाघान्न पसल र तरकारी बजारलाई  पुर्णरुपले ब्यसती गर्नु निकै कठिन भएपनि अहिलै ब्यस्तीत गरि र लकडाउनमा उल्लेघन नगरि आफुलै आफ्नो जिम्मेवारी बहन गर्दै आएकि छिन् ।

 वीरगंज मुख्य  खुल्ला सिमानाका भएको हुनाले  घर फर्किएका आफन्तलाई रोक्नु पर्दा गाह्रो हुने रहेछ। भारतबाट नेपालमा आएका  रोजगारी गरी फर्किएकाहरु आफ्नो घर पुग्न चाहन्छन् तर हाम्रो दायित्व उनीहरुलाई पनि फर्काउनु पर्ने छ। पर्सामा नेपाल–भारत सीमा १ सय ७ किलोमिटर छ जहाँ १३ ठाउँबाट भारतका विभिन्न भागमा आवतजावत गर्न सकिने अवस्था छ। बसाइ पनि उस्तै छ। यता बस्नेको पारि व्यवसाय छ। किनमेलका लागि पनि कतै वारि कतै पारि जानु पर्ने अवस्था छ। स्वास्थ्य सेवा लिनका लागि पनि वारिका मान्छे पारि जाने अवस्था छ। यसलाई सकेसम्म बुझाएर र नभए जबर्जस्ती पनि गर्नु पर्ने अवस्था छ। पहिलेका भन्दा धेरै स्थानमा  प्रहरी ड्युटी गरिरहेका छौं। सुरुमा सम्झाइबुझाइ गरेर पठाउने, नभए होल्डमा राख्दिने र त्यो पनि नभए संक्रामक रोग ऐन अनुसार कारबाही पनि गरिरहेका छौं।

हामीले पनि सकेसम्म त जोगिन खोजेका छौं। दूरी कायम गर्न लाठीको प्रयोग गरिरहेका छौं, सरकासफाइ पनि बढाएका छौं। पर्सा जिल्लामा पहिलो पल्ट  महिला प्रहरी उपरीक्षक  आएपछि पर्सा जिल्ला बासिको लागि दिन रात  खटी शान्ति सुरक्षा र  सेवा दिदै आईकी प्रहरी उपरीक्षक गगा पन्त संग निकै नै खुशि रहेको स्थानीयहरु बताउछन् । पर्सा प्रहरी उपरीक्षकले आफुलागि जनता शान्ति सुरक्षा पहिलो प्राथमिकता हो। नोबेल कोरोना भाइरस संग बच्नेको लागि सरकारले लागू गरेको लकडाउनको पालना गरि आ- आफ्नो घरमा बसि  र  साबुन पानिले पटकपटक मिचेर हात धुने आग्रह गरेकि छिन।पर्साकी प्रहरी प्रमुख उपरीक्षक गंगा पन्तको अनुभव।

Leave a Reply

Your email address will not be published. Required fields are marked *