पर्सामा आजबाट र फलफुल तरकारीको बिक्री बितरणमा रोक

अनलाईन न्युजपाटी वीरगंज,समाचारदाता ,चैत्र २६ गते।

कृष्णा यादब,

पर्साको बिरगंजमा आजदेखी प्रशासनले फलफुल र तरकारी बिक्री बितरणमा रोक लगाएको छ। जिल्ला प्रशासन कार्यालयका प्रमुख बिष्णु कुमार कार्कीको अध्यक्षतामा बसेको कमाण्ड पोस्ट बैठकले सोचेअनुसार व्यवस्थित हुन नसेको र झन-झन बढी भिड भाड लागने गर्दा फलफुल र तरकारी बिक्रि बितरणमा पूर्ण रुपले रोक लगाएको हो।

                                   प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको बैठकले सरकारले गरेको थप लकडाउनको अवधीलाई सफल बनाउनको लागि सबैले साथ दिन समेत सबैलाई आग्रह पनि गर्नु भएको हो। पहिलो चरणको लकडाउनमा विभिन्न ठाउँमा फलफुल र तरकारी बजार लागदै आएको थियो तर भिड-भाड धेरै बढेकोले बाध्य भई फलफुल र तरकारी बजार बिक्रीमा रोक लगाईको बैठकले बताईएको छ ।

                                 प्रमुख जिल्ला अधिकारी बिष्णु कार्किको अध्यक्षता बसेको बैठकमा बिरगंज महानगरपालिका मेयर बिजय कुमार सरावगी, नारायणी अस्प्तालका मेसु मदन उपाध्याय पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक गङ्गा पन्त, चण्डी प्रसद गणका प्रमुख सेनानी मदनजङ्ग राणा र जिल्ला प्रशासन कार्यालका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेत लगाएतको उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *