अनलाईन न्युजपाटी काठमाडौँ, समाचारदाता,बैशाख ०३ गते।
देशभर आँशिक देखि सामान्य बदली रहने र पश्चिमी वायुको प्रभाव कायम रहेकाले मौसम बदली भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशको पुर्व र मध्यका थोरै स्थानहरुमा र पश्चिमका एक दुइ स्थानमा मेघगर्जन/हावाहुरी चट्याङ सहित क्षणिक वर्षाको सम्भावना रहेको छ। हावाहुरी र चट्याङको सम्भावना भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । प्रि-मनुसनका बेला चैतदेखि जेठसम्म नेपालमा हावाहुरी र चट्याङको सम्भावना बढी हुन्छ ।