अनलाईन न्युजपाटी बिराटनगर,समाचारदाता,बैशाख ०३ गते।
लकडाउन अघि वा सोही अवधीभित्र विदेशबाट बैद्य अवैद्य रुपमा आएर बस्दै आएका मध्ये सुनसरीमा ५५ जनालाई प्रहरीले पत्ता लगाएको हो ।
यसरी फेला परेका विदेशी नागरिकहरुमा अधिकांश जिल्लाका विभिन्न मस्जिदहरुमा आश्रय लिई बसिरहेको अवस्थामा प्रहरीले फेला पारेको हो ।
यसरी मस्जिदमा आश्रय लिईरहेकाहरु भारत, पाकिस्तानसहित विभिन्न मुलुकबाट सप्तरीमा सम्पन्न इज्तमा सहभागी भएका छन् भने केही भारतको नयाँ दिल्लीको निजामुद्दीनमा भएको तबलिगी जमातबाट फर्किएकाहरु रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
चैत ११ गतेदेखि देशव्यापी रुपमा लक डाउन गरेपछि सामुहिक मन्दिर, गुम्बा, चर्च र मस्जिदमा भेला जम्मा हुन पूजा, प्रार्थना लगायतका कामहरु नगर्न गरेको आग्रहलाई बेवास्ता गर्दै मस्जिदमा यसरी आएका विदेशीहरुलाई आश्रय दिने गरेको तथ्य फेला परेको हो ।
सुनसरीको इटहरी उपमहानरपालिका १८ स्थित जितपुर मस्जिदबाट ८ जना पाकिस्तानी, हरिनगर १ भुटाहा मस्जिदबाट १४ जना भारतीय, दुहवी नगरपालिका १ मा रहेको मस्जिदबाट ११ जना पाकिस्तानी, बर्जु गाउँपालिकामा रहेको मस्जिदबाट १२ जना भारतीय र भोक्राहा नरसिंह गाउँपालिकामा रहेको मस्जिदबाट १० जना भारतीय बंगालीहरु फेला परेका हुन् ।
उनीहरुमा कोरोना सक्रमण फैलिन नदिनका लागि गरिएको लक डाउनका समयमा एउटा मस्जिदबाट अर्को मस्जिदमा बसाईं सराई गर्दै हिंड्ने गरेको पाईएको छ । हाल सुनसरीमा फेला परेका सबैजना सप्तरीमा भएको धार्मिकसभा इज्तेमामा सहभागी हुन फागुनमा आएको दाबी गरिए पनि बसाईं सराई र सामूहिक बसार्इंका कारण कोरोना संक्रमणको उच्च जोखिम बढ्ने खतराले सुनसरीबासीलाई त्रसित बनाएको छ ।