अनलाईन न्युजपाटी कैलाली समाचारदाता, बैशाख ०३ गते।
सामूहिक बलात्कारमा संलग्न रहेको आरोपमा कैलालीबाट तीन जना पक्राउ परेका छन्। जोशीपुर गाउँपालिका वडा नम्वर ४ का २९ वर्षीय राम कुमारचौधरी सोही वडाका २२ वर्षीय मंगल चौधरी र ३१ वर्षीय सुरेश कुमार चौधरीसंगै से. ३ प. ४३६८ मोटर साईकल सहित तीनै जनालाई पक्राउ परेका हुन्। उनीहरुमाथि भजनी नगरपालिकाकी १५ वर्षीय किशोरीमाथि बलात्कार गरेको आरोप लागेको छ।
गोठाला गएका बखत तीन जनाले किशोरीलाई विभिन्न प्रलोभन देखाएर भजनी बजार जाउ भनेका थिए। प्रहरी नायव उपरिक्षक बस्नेतले थपे, भजनी नगरपालिका वडा नम्वर ८ कृष्णनगर स्थित हुलाकी सडकको दक्षिण तर्फ रहेको झाडीमा डर, त्रास, धाक धम्की देखाई जबरजस्तीकरणी गरेको बुझिएको छ। कैलाली जिल्ला अदालतबाट १५ दिन म्याद थप गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।