अनलाईन न्युजपाटी सिरहा,समाचारदाता, बैशाख ०४ गते।
कोरोना भाईरसको सम्भावित सक्रमणबाट बच्न सरकारले गरेको लकडाउनमा सिरहाबाट सशस्त्र प्रहरीले लागूऔषध सहित एक युवा पक्राउ गरेको छ ।सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट नवराजपुरबाट खटिएको गस्ती टोलीले नवराजपुर गाउँपालिका ५ कुसण्डीको नेपाल–भारत दश गजा क्षेत्रमा भारतबाट नेपाल ल्याउँदै गरको एक जना पक्राउ परेको छ । दशगजाँमा चेकजाँच गर्ने क्रममा भरतबाट नेपाल आउँदै गरेको भारत मधुबनी जिल्ला लालमनिया ग्राम पन्चायत ८ को १५ वर्षिइ अबदुल हानानको साथबाट लागूऔषध रोस्कोफ डिएस १०० एमएल ७ बोतल सहित प्रहरीले पक्राउ परेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गुल्म हेडक्वाटर सिरहाका प्रबक्ता तथा डिएसपी प्रेम बहादुर रावलले जानकारी दिए । पक्राउ परेको अबदुललाई आश्यक कारवाही तथा अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सिरहामा पठाएको सशस्त्र प्रहरीले जानकारी दिए ।