अनलाईन न्युजपाटी कृष्णा यादब,वीरगंज,समाचारदाता, बैशाख ०८ गते।
वीरगन्ज महानगरपालिकाका वार्ड नम्वर १० आर्दश टोलका समाजसेवी मनु प्रभाकारले आफ्नो छोरी सोम्या प्रभाकारकी जन्मदिनको अवस्ररमा वीरगंजमा दिन रात जनताको सेवाको लागि खटिरहेएको सुरक्षाकर्मीहरुलाई नस्ता बितरण गरि जन्मदिन मनाएका छन् । समाजसेवी मनु प्रभाकारले वीरगंज स्थिति घन्टाघरमा डिप्टीमा खटेएको सुरक्षाकर्मीलाई खाजा वितरण गरी छोरीको जन्मोत्सव मनाएका छन् ।
लामो समय देखि समाजसेवामा लागेर समाजमा रहेका अति विपन्न समुदाय , आशाय तथा अभिभावक विहिन बालबालिकालाई सहयोग गर्दै आएका प्रभाकरले आफ्नो छोरीको जन्मोत्सव अवसरमा यस्तो महामारीको बेलामा जनताको सुरक्षाको लागि खटिरहेको प्रहरीलाई नस्ता खाजा वितरण गर्दा खुशी व्यक्त गर्दै सबैलाई यस्तो दुख्द घडीमा जनताको सुरक्षाको लागि खटिरहेको सुरक्षाकर्मीलाई सहयोग गर्न गर्न आग्रह गरेका हुन् ।
९ औं बर्ष पुरा गरि १० औं बर्ष प्रवेश गरेकी सोम्या प्रभाकरको जन्मोत्सव कार्यक्रममा बुवा मनु प्रभाकार ,गिरिजाप्रसाद कोईराला फाउन्डेसनका प्रतिनिधि धिरज गुप्ता , पत्रकार भरत सरार्फ , ईरफान हवारी , नितेश कर्ण , आरसि यादब , लगायतको उपस्थिति रहेको थियो ।