विपद्को समयमा पनि छिपहरमाई गाउ“पालिकाद्धारा भ्रष्टाचार, कारवाही प्रक्रिया अगाडि बढयो: स.प्र.जि.अ.

अनलाईन न्युजपाटी कृष्णा यादब,वीरगंज,समाचारदाता, बैशाख ०८ गते।

पर्सा जिल्लाको छिपहरमाई गाउ“पालिकामा राहत सामग्री किनमेल देखि लिएर वितरण सम्ममा व्यापक अनियमित्ता भईरहेकोमा सो विरुद्ध स्थानियवासीले सोमवार जिल्ला विपद् व्यवस्थापन समिति पर्सामा उजुरी दिएका छन् । दर्जनौं स्थानियले हस्ताक्षर गरेको सो उजुरीमा गाउ“पालिकाका अध्यक्ष मनोज गुप्ता र कार्यकारी अधिकृत देवनाथ साहले पालिकाको अति विपन्न परिवारहरुलाई राहत सामग्री वितरण नगरी आफ्ना आसेपासेहरुलाई मात्र वितरण गर्ने गरेको आरोप लगाईएको छ ।

तत्कालिन नेकपा एमाले हाल नेकपा, नेपाली कांग्रेस, राजपा र समाजवादी पार्टी समर्थित विपन्न परिवारहरुलाई राहत सामग्री नदिंदा वडा नं. ३ को झलमहिया टोलमा शुक्रवार ५ गतेका दिन सामान्य झडप समेत भएको थियो । झलमहियाको सर्वदलिय समितिले तयार पारेको दुई सय २२ जनाको नामावली बिपरित अध्यक्ष गुप्ता र वडा अध्यक्ष बिनोद साहले आफ्ना करिब एक सय समर्थकहरुलाई मात्र राहत सामग्री बाडन लगाएको उजुरीमा उल्लेख रहेको छ । सोही कारण झडप हुंदा भिडलाई तितरबितर पार्न प्रहरीले लठ्ठीचार्ज गर्दा गाउ“पालिकाका एक प्रहरी सहित दुई जनालाई सामान्य चोटपटक पनि लागेको समाजवादी पार्टीका प्रतिनिधि जदुनन्दन राउत अहिरले बताए ।

झलमहियाको सर्वदलिय समितिमा नेकपाको प्रतिनिधि भनि अध्यक्ष गुप्ताले आफ्ना भिनाजु घनश्याम साह कानुलाई राखेको उजुरीमा उल्लेख छ । त्यस्तै गाउ“पालिका र प्रत्येक वडाको वडा स्तरीय सर्वदलिय समितिको नाममा झुण्ड खडा गरी राहत सामग्री किनमेल देखि लिएर वितरण सम्ममा व्यापक अनियमित्ता भईरहेको अध्यक्ष गुप्ताको कार्यशैलीले पुष्टि गरेको स्थानिय नेकपाका नेता दिनेश साहले बताए । यस जोखिम परिस्थिति कोरोना भाइरस महामारीको बेलामा पनि भ्रष्टाचार भईरहेकोमा सो मा अधिकृत देवनाथ साहको पूर्ण संलग्नता रहेको उजुरीमा उल्लेख छ । सर्वदलिय समितिमा प्रतिनिधि राख्दा नेकपा, नेका, राजपा र समाजवादी पार्टी लगायत कुनै पनि पार्टी संग आधिकारिक प्रतिनिधि नमागी अध्यक्ष गुप्ताले आफ्ना आसेपासेहरुलाई मात्र राखी अनियमित्ता र भ्रष्टाचार गरिरहेको नेपाली कांग्रेसका प्रतिनिधि बाघा यादवले बताए ।

सोलाई छानबिन गरी आश्वयक कारवाही गर्न र राहत लिनबाट बञ्चित हुन पुगेका अति विपन्न परिवारहरुलाई यथासिघ्र राहत सामग्री उपलब्ध गराउन स्थानियबासीहरुले माग गरेका छन् । सो उजुरीको बोधार्थ नेपाल सरकार, गृह मन्त्रालय र मुख्यमन्त्रीको कार्यालय, प्रदेश नं. २ जनकपुरधाममा पनि दिईएको छ । यस सन्दर्भमा सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेत संग बुझ्दा उजुरी माथि कारवाही प्रक्रिया अगाडि बढी सकेको प्रतिक्रिया दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *