अबैध भरुवा बन्दुक ,काठ सहित एक पक्राउ अर्का फरार

अनलाईन न्युजपाटी कैलाली, समाचारदाता, बैशाख ० ९ गते।

कैलालीको मोहन्याल गाउँपालिका –३ फल्लेबिसौनास्थित चन्चल भनिने चन्द्रराज गिरीको घरबाट अबैध भरुवा बन्दुक बरामद भएको छ । तर गिरी भने फरार रहेका छन् ।

बन्दुक लुकाई छिपाई राखेको छ भन्ने गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बौनियाबाट प्रहरी निरीक्षक अनिस भण्डारीको टोलीले घर भित्र लुकाई छिपाई राखेको एक थान दुईनाले भरुवा बन्दुक सहित गिरीलाई पक्राउ गरिएको हो ।

गिरीको घरबाट अन्दाजी ३६.९ क्युफिट सालको काठ समेत बरामद भएको छ । प्रहरीले गिरीकी ४५ वर्षीय धनसरा गिरीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी गराएको छ । फरार रहेका गिरीको खोजी कार्य भइरहेको र बन्दुक र काठ बरामद गरि ,थप अनुसन्धान कार्य भइरहेकोजिल्ला प्रहरी कार्यालय कैलाली जानकारी गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *