जल तथा मौसम बिभागले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गर्यो

अनलाईन न्युजपाटी काठमाडौँ, समाचारदाता, बैशाख ०९ गते

आज  दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहि केहि स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग / असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको जल तथा मौसम बिभागले काठमाडौँ जनाएको छ। हाल देशको अधिकांश स्थानमा सामान्य बदली रही केहि स्थानहरुमा चट्याङ्ग / हावाहुरी सहित वर्षा भई रहेको छ।

आउने तिन दिन आंशिक देखि सामान्य बदली रहने छ। अपरान्ह पश्चात् पूर्वी क्षेत्र लगायत अन्य पहाडी भू-भागका केही स्थानहरुमा साथै तराईका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ। हाल देशमा स्थानीय वायुको प्रभावका साथै पश्विमी वायुको प्रभाव रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *