चट्याङले ट्रान्सर्फमर पड्किदाँ करेन्ट लागेर दुईको मृत्यु, सात घाइते

अनलाईन न्युजपाटी काठमाडौँ, समाचारदाता, बैशाख ०९ गते

धादिङको थाक्रे गाउँपालिका वडा नं ३ मल्डुङमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् ।
सोमबार साँझ हावाहुरीसहित आएको चट्याङले ट्रान्सर्फमर पड्किदाँ करेन्ट लागेर मृत्यु भएको हो । मृत्यु हुनेमा थाक्रे गाउँपालिका वडा नं ३ भुजेलटोल बस्ने ४५ वर्षीय सानुमान तामाङ र वडा नं ३ बिचारीटोलका २३ वर्षीय सागर अर्याल रहेको धादिङका प्रहरी नायव उपरीक्षक एवम् सूचना अधिकारी रुपक खड्काले जानकारी दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *